News Desk
सन् २००८ मा ‘हर्न ओके प्लिज’ सिनेमा सुटिङ भइरहेका वेला अभिनेता पाटेकरले गलत आसयले आफूलाई छुने कोसिस गरेको आरोप तनुश्रीले लगाएकी थिइन् ।
काठमाडौं — कार्तिक २३, २०७७। एजेन्सी
बलिउड अभिनेत्री तनुश्री दत्ताले यौनशोषणको आरोप लगाएपछि बलिउडबाट हराएका अभिनेता नाना पाटेकर पुनः अभिनय कर्ममा फर्किएका छन् । सन् २०१८ मा सिनेमा अभिनय छाडेका पाटेकर फिरोज नाडियावाला निर्देशित ‘वेब सिरिज’मा देखिने भएका हुन् ।
नाना पाटेकर पुनः बलिउड फर्किएपछि तनुश्रीले चिन्ता व्यक्त गरेकी छिन् । उनले एक भारतीय वेबसाइटसँगको कुराकानीमा भनेकी छिन्, ‘ममाथि यौनशोषण गर्ने, मेरो परिवारमाथि आक्रमण गर्ने, मेरो घरमा गुन्डा पठाउने, गुन्डागर्दीमार्फत मलाई बलिउडबाटै किनारा लगाउने व्यक्ति दुई वर्षसम्म मैले न्याय पाउन गरेको लडाइँका बाबजुद पुनः काममा फर्किएको छ । उनीहरूलाई नै ठूला प्रोड्युसर मिल्छन् ।’
सन् २००८ मा ‘हर्न ओके प्लिज’ सिनेमा सुटिङ भइरहेका वेला अभिनेता पाटेकरले गलत आसयले आफूलाई छुने कोसिस गरेको आरोप तनुश्रीले लगाएकी थिइन् । उनको आरोपकै कारण पाटेकरले ‘हाउसफुल ३’सहित केही सिनेमा गुमाउनुपरेको थियो ।
पाटेकरविरुद्ध मुम्बई पुलिसले मुद्दासमेत दर्ता गरेको थियो । तर, सन् २०१९ मा उनले सफाइ पाएका थिए । संवाद र फरक अभिनयका कारण पाटेकर बलिउडमा चर्चित मानिन्छन् ।
(नयाँ पत्रिका)