२०० करोड बजेटमा फिल्म बनाउँदै शाहरुख, दीपिकाको पारिश्रमिक कति ?
News Desk
Nov-08 , 2020 तारिख 02:11 बेलुका

काठमाडौं — कार्तिक २३, २०७७। एजेन्सी

लामो समयपछि बलिउडका किङ्ग शाहरुख खानको फिल्म आउँदैछ । उनले अर्को वर्षको दीपावलीको अवसरमा रिलीज गर्ने गरी फिल्मको तयारी गरिरहेका छन् । फिल्मको नाम ‘पठान’ राखिने स्रोतले जनाएको छ । 

फिल्ममा करिब तीन वर्षपछि फर्किएका शाहरुखको यो फिल्ममा अभिनेत्रीको रुपमा दीपिका पादुकोण हुनेछिन् । 

फिल्म निर्माता आदित्य चोपडाको २०० करोड (भारतीय रुपियाँ) लगानी रहने उक्त फिल्ममा दीपिकाको पारिश्रमिक १५ करोड हुने मिडिया रिपोर्टमा उल्लेख छ । 

फिल्ममा भिलेनको रुपमा जोन अब्राहम हुने र उनले २० करोड पारिश्रमिक लिने जनाइएको छ । 

(रातो पाटी)

धेरै पढिएको