अमिताभलाई युजर्सले दिए जवाफ, ‘वाइयात फिल्म हेरेर तपाईंलाई सुपरस्टार बनाए’
News Desk
Nov-08 , 2020 तारिख 02:13 बेलुका

मुम्बई – कार्तिक २३, २०७७। एजेन्सी

बलिउडका महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै एक्टिभ रहने गर्दछन् । उनी फ्यानको साथ तस्बिर र भिडियो शेयर गरिरहन्छन् । हालै अभिनेताले एक तस्बिर शेयर गरेका छन् । जुन निकै भाइरल भैरहेको छ ।

तस्बिर केबीसी( कोन बनेका करोपति)को सेटमा लिइएको हो । तस्बिरमा अमिताभ सेटमा उभिएर ताली बजाईरहेका छन् । तस्बिरको क्याप्सनले फ्यानलाई निकै आकर्षित गरेको छ ।

उनले तस्बिर शेयर गर्दै लेखेका छन् ‘यो दुनियाका मानिसहरुमा फुर्सद धेरै रहेको छ ।’ तस्बिरका पछाडी अमिताभले तीन आचार्य बादक चिन्न समेत राखेका छन् । फ्यानले तस्बिरलाई निकै लाईक र कमेन्ट समेत गरिरहेका छन् । 

अमिताभको पोष्टमा एक सामाजिक प्रयोगकर्ताले लेखेका छन् ‘त्यही भएर तपाईको वाइयात फिल्म हेरेर सुपरस्टार बनाएका छन् ।’

अर्का एक युजर्सले लेखेका छन् ‘मानिसहरुसँग तीन घन्टाको समय रहेको छ । त्यसैले त तपाई जस्तो कलाकारको घर चलेको छ ।’

त्यस्तै अर्काे एक युजर्सले लेखेका छन् ‘किन आफ्नो इज्जत घटाउन लाग्नु भएको छ । जसरी तपाई हाम्रो नजरमा हिरो हुनुहुन्थ्यो । त्यति नै जिरो हुने भएको छ ।’

कामको कुरोगर्ने हो भने अमिताभ पछिल्लो समय केबीसी १२ को होस्ट गरिरहेका छन् । यसको अलवा उनी फिल्म ‘ब्राहस्त्र’मा समेत देखिदैछन् ।

फिल्म ‘चेहरे, ‘झुड’ र ‘मेडे’मा पनि उनको अभिनय रहनेछ । फिल्म ‘मेडे’मा उनी ७ बर्षपछि अजय देवगनसँग देखिन लागेका हुन् । 

(रातो पाटी)

धेरै पढिएको