नेपाल लोकस्टार सेकेण्ड रनरअप बिनोद दनुवारको ‘माया कहिले पुरानो हुदैन’ सार्वजनिक (भिडियोसहित)
News Desk
Nov-09 , 2020 तारिख 11:38 बिहान

काठमाडौं— कार्तिक २४, २०७७। 

नेपाल लोकस्टार सेकेण्ड रनरअप 'बिनोद दनुवार' को  ‘माया कहिले पुरानो हुदैन’ बोलको गीत सार्बजनिक भएको छ । शब्द/लय/स्वर दनुवारकै रहेको गीत “बिनोद दनुवार अफिसियल” युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

पारिवारिक माया र बाध्यात्मक परिबेश अनि बिछोडको बियोगलाई छर्लङ्ग देखाउन खोजिएको गितमा मोडल तथा गायिका 'शसिकला राई' को साथमा गायक दनुवारआफैले अभिनय गरेकाछन्। 

भिडियोलाई आशिष राईले निर्देशन गरेका हुन भने सम्पादन र छायांकन मनोज राईको रहेको छ साथमा दुर्गा बान्तावा राईले समेत साथ दिएका छन।

बिनोदले लोक स्टार पछि 'गाईघाट बजार, आमाको माया, दुई एकान दुई, म हु गोर्खाली लाहुरे, बाचा कसम' जस्ता गीतहरु बजारमा ल्याईसकेका छन ।

भिडियो—

 

धेरै पढिएको