मेटल शैलीका गीत मार्फत चर्चित रक गायक बिनोद ढकालको ‘भूत’सार्वजनिक (भिडियोसहित)
News Desk
Dec-10 , 2020 तारिख 01:48 बेलुका

काठमाडौं — मंसिर २५, २०७७।

नेपाली सांगीतिक क्षेत्रमा मेटल शैलीका गीत मार्फत चर्चा कमाएका रक गायक बिनोद ढकालको नयाँ मेटल शैलीको गीत ‘भूत’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीत शास्त्र नेपालले तयार पारेको हो । गायक बिनोद ढकालकै शब्द, संगीत रहेको गीतको भिडियो बिनोद ढकालको अफिसियल यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।

उक्त गीतको भिडियोमा निर्जन थापा, अञ्जु चौलागाईं, शेखर सुवेदी, नम्रता अर्याल तथा सुमी क्षेत्रीले अभिनय गरेका छन् ।भिडियोमा मधुकर बलामी तथा सत्यम राणाको भिएफएक्स छ भने राजेन्द्र मोक्तान यसका कलरिष्ट हुन् ।

भिडियोलाई लक्ष्मण सुनारले निर्देशन तथा सम्पादन गरेका छन् ।आरोन अशोककुमार यो भिडियोका छायांकार हुन् ।

धेरै पढिएको