ब्राइडल कन्टेस्ट २०२० सम्पन्न
News Desk
Dec-31 , 2020 तारिख 08:25 बिहान

अमेजन इन्टरटेनमेन्ट र कोजी  ब्युटी सलुन एकेडेमीको आयोजनामा ब्राइडल कन्टेस्ट २०२० ग्वार्को स्तिथ  म्युजिक सिटी हलमा सम्पन्न भएको छ। 

उक्त प्रतियोगितामा  ज्ञानु नगरकोटीले सबैभन्दा राम्रो बेहुली श्रिङ्गरि बिजेता हुन सफल भईन  भने रेणु दुवाल फर्स्ट रनरअप र सुप्रिना तामांग सेकेण्ड रनरअप हुन सफल भएकाछन। 

करिब १  घण्टा ३० मिनेट लामो कार्यक्रममा सौन्दर्यकला ब्यबसायी संघकि सस्थापक अध्यक्ष , नेपाल उद्योग बानिज्य महासंघ को केन्द्रिय सदस्य एबं  वरिष्ठ 

 

 

सौन्दर्यविद कमला श्रेष्ठलाई  अमेजन इन्टरटेनमेन्टकि डाइरेक्टर एबं कोरियोग्राफर हिमानी सुब्बा  र कोजी ब्यूटी सलुनकि सस्थापक डा रेखा थापाको तर्फ बाट दोसल्ला ओढाई   सम्मान गरिएको थियो। उहा  प्रमुख आतिथिको भूमिकामा कार्यक्रमको अन्त्य सम्म बसेर कार्यक्रमको सभा बढाईदिनु  भएको थियो  
कार्यक्रमको संचालकको भूमिकामा इभेन्ट मेनेजर कमल खतिवडा स्वयम आफै हुनुहुन्थ्यो। फरक ढङ्गले कार्यक्रम चलाउदा रमाइलो आनुभब रहेको  खतिवडा बताउनु हुन्छ।.

धेरै पढिएको