स्पर्श म्युजिक भिडियो अवार्ड २०२० सम्पन्न
News Desk
Jan-04 , 2021 तारिख 02:59 बिहान

काठमाडौंः विभिन्न ५० विधामार्फत नेपाली सांगीतिक क्षेत्रका उत्कृष्ट सर्जकहरुलाई पुरस्कृत सम्मानीत गर्दै स्पर्श म्युजिक भिडियो अवार्ड २०२० सम्पन्न भएको छ । पौष १८ शनिबार ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न सो अवार्ड कार्यक्रमको विशेष आकर्षणका रुपमा रहिन् अभिनेत्री मौसम मल्ल । दर्जनौं नेपाली चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री मौसमी मल्ललाई स्पेशल क्याटागोरी अन्तर्गत ब्लकबस्टर क्वीन अवार्डबाट सम्मान गरिएको थियो । समारोहमा अभिनेत्री मल्लले चलचित्र झुमाको आफ्नै लोकप्रिय गीत बोल बोलमा नृत्य गरेर समारोहको आकर्षण बढाएकी थिइन् । 

समारोहमा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान तथा गायिका कुन्ति मोक्तानलाई सदावहार सांगीतिक जोडीको रुपमा सम्मान गरिएको थियो भने लिजेन्डरी कोरियोग्राफरका रुपमा वरिष्ठ नृत्य निर्देशक कमल राई सम्मानीत भएका थिए । यसैगरी स्पेशल क्याटागोरी तर्फ रंगपत्रकार कृष्ण भट्टराईलाई मनोरञ्जन क्षेत्रको उत्कृष्ट पत्रकारको रुपमा पुरस्कृत गरिएको थियो । यसैगरी स्पेशल क्याटागोरी तर्फ सुक्निता चौलागाईं सेलिब्रेटी फेसन डिजाइनर, नृत्य निर्देशक गोविन्द राई पपुलर डाइरेक्टर तथा ओम जैसी सोसल हिरो अवार्डबाट सम्मानीत भएका थिए । 

अभिनेताद्वय एसराज गराज तथा दिक्पाल कार्कीद्वारा सञ्चालित सो कार्यक्रममा अभिनेत्री पवित्रा आचार्यले आकर्षक स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् भने अभिनेताद्वय एसराज गराच, दिक्पाल कार्की, हास्य अभिनेता गोपाल ढकाल छन्दे लगायतले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्म्स तथा पेजेन्ट नेपाल इन्टरनेशनलको संयुक्त आयोजनामा प्रस्तुत गरिएको सो अवार्ड कार्यक्रमको संचालन पनि अभिनेताद्वय एसराज र दिक्पालले नै गरेका थिए ।

 

विभिन्न अवार्ड क्याटागोरी र विजेताहरु

स्पेशल क्याटागोरी

ब्लकबष्टर क्विन– मौसमी मल्ल

सेलिब्रेटी फेसन डिजाइनर– सुक्निता चौलागाईं

पपुलर डाइरेक्टर – गोविन्द राई

सोसल हिरो अवार्ड – ओम जैसी

बेस्ट इन्टरटेन्मेन्ट जर्नालिष्ट – कृष्ण भट्टराई

लिजेण्डरी कोरियोग्राफर– कमल राई

सदावहार सांगीतिक जोडी – कुन्ती मोक्तान र शिलाबहादुर मोक्तान

जुरी एण्ड क्रिटिक अवार्ड

इमर्जिङ मोडल – मावन तामाङ थिङ

बेस्ट इन्डिजिनियस मोडल– माया लामा

बेस्ट किड मोडल – अपेक्षा शेरचन (आफ्नो जमिन)

बेस्ट डेब्यू मोडल (लोकदोहोरी)–याङजोर कार्की (दुख्ने मुटु)

बेस्ट डेब्यू मोडल –पप मोर्डन) –अभिषेक ओली (जब सम्म)

मोडल मोडल (जुरी) – पवित्रा आचार्य (भन्दे)

बेस्ट डेब्यू सिंगर (फिमेल)– रञ्जिता लिम्बु

बेस्ट लिरिसिष्ट – गोविन्द प्रसाद कँडेल

बेस्ट सिनेमाटोग्राफर – दिव्यराज सुवेदी

बेस्ट म्युजिक भिडियो डाइरेक्टर — आदित्य बुढाथोकी

बेस्ट मोडल (क्रिटिक)–तेलुजा खतिवडा (धेरै पछि)

बेस्ट डेब्यू सिंगर (मेल) – आयुष अर्याल

मेकअप एण्ड हेयर

इमर्जिङ मेकअप आर्टिष्ट –सजना खतिवडा

बेस्ट मेकअप आर्टिष्ट – कविता टोलाङ्गी

बेस्ट हेयर डिजाइनर– पूनम श्रेष्ठ