News Desk
काठमाडौं । रश लाईट मिडियाको आयोजनामा फागुन १५ गते काठमाडौंमा सांगीतिक, साँस्कृतिक तथा सम्मान कार्यक्रम हुने भएको छ ।
कार्यक्रमका विश्वप्रसिद्ध गिनिज बुकमा नाम लेखाउन सफल हुनु भएका शहरी विकास राज्यमन्त्री माननीय रामवीर मानन्धरको विशेष गायन प्रस्तुती रहनेछ । कार्यक्रममा राज्यमन्त्री रामवीर मानन्धरलाई रश लाईट मिडियाले विशेष सम्मान गरिने छ ।कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई प्रमुख अतिथी एवम् राज्यमन्त्री रामवीर मानन्धर बाट सम्मान गरिनेछ ।
कार्यक्रममा बाल कलाकार आभा तुलाधर, कारोके ग्रुप, गायक सोहन मानन्धर, डान्स ग्रुप द जङ्कीज, बिट बोक्स र बिबोइङ निशान्त गौचन, गायक ताराराम मुनानकर्मि, सारङ्गि वादक रुबिन बर्मा, अजय तुलाधर, रमिता भण्डारी आदिको विशेष साङेतिक तथा साँस्कृतिक प्रस्तुति रहनेछ ।
कार्यक्रममा कलाकार दीपक राज गिरि, कलाकार दीपा श्री निरौला, नायिका सञ्चिता लुइँटेल, गायिका देविका बन्दना, गायक जेम्स प्रधान, गायक शिव लामिछाने, फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धर,बाल बालिकाहरुको शिक्षा पहुँचको लागि दसक देखि क्रियासिल सस्था क्यान एजुकेशन फाउन्डेसन, व्यवसायि तथा समाजसेवी (एनआरए- यु एस) श्याम लामा, समाजसेवी (एनआरए-क्यानडा) सम्झना लामा,वरिष्ठ सौन्दर्यकर्मी सोनी रञ्जितकार लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
कलाकारिता क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आउँनु भएका कलाकार तथा विशिष्ठ व्यक्तित्वहरुलाई वहाँहरुको योगदानको कदर गर्दै धन्यवाद स्वरुप सम्मान गरिन लागेको अध्यक्ष भण्डारीले बताईन ।
देश विदेशमा सांगीतिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आईरहेको रश लाईट मिडियाले एक दशक यता नेपाली कलासंस्कृति, भाषा, चलचित्र, सांगितिक तथा मोडलिङका कार्यक्रमहरु गर्दै आएको छ । यस संस्थाले शिक्षाविहिन बालबालिका तथा भुकम्पपिडित, बाढीपिडितहरुका लागि राहतका कार्यक्रमहरु सफलतापूर्वक आयोजना गरिसकेको छ । गत वर्ष २०१९ मा नेपालमा आयोजना गरिएको दक्षिण एशियाली खेलकुदको भव्य कार्यक्रममा यस संस्थाले कला संस्कृतिको प्रवद्धर्नका लागि प्रस्तुति दिएको थियो । यस संस्थाले क्यानडा, थाईल्याण्ड, मलेसिया, सिंगापुर, दुबई, हङकङ जस्ता देशहरुमा दर्जनौं कार्यक्रमहरु सफल रुपमा आयोजना गरिसकेको छ ।
नेपाली कला र संस्कृतिको विकास र प्रवद्धर्नका लागि स्थापना देखि नै क्रियाशिल भईरहेको रश लाईट मिडियाले ख्यातिप्राप्त कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम राखेको रश लाईट मिडिया का कार्यक्रम संयोजक अजय तुलाधरले बताउनु भयो ।
रश लाईट मिडियाद्वारा आयोजित सांगीतिक तथा साँस्कृतिक कार्यक्रम फागुन १५ गते काठमाडौं बालाजु स्थित अष्ट नारायण हलमा दिउसो ३ बजेबाट शुरु हुनेछ ।