लेटमिइन मिसेज व्यूटी क्वीनको ताज रश्मिको शिरमा
News Desk
Mar-02 , 2021 तारिख 09:10 बिहान


काठमाडौं, सिजन मिडियाद्धारा आयोजना गरेको “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल सिजन ४ को फाइनल सम्पर्न भएको छ । उक्त कार्याक्रममा प्रमुख अतिथि राष्ट्रिय महिला आयोगकी अध्यक्ष माननिय कमला पराजुलीले यस्ता प्रतियोगीताले महिलाहरुको सौन्दर्य साथै आत्मविश्वास दिलाउने रहेछ भनेर आज यो कार्यक्रम हेरेर मैले पनि प्रत्यक्ष महसुस गरे हामी महिलाहरुको अधिकारको लागि लड्ने सस्थाले यस्ता कार्यक्रममा महिला सहभागीतालाई वढि जोड दिनु पर्ने रहेछ र भोलीका दिनमा यस्तो कार्यक्रमहरु संग हातेमालो गर्दै अझ ससक्तरुपमा महिलाहरुलाई जनचेतना तथा अधिकारको वारेमा जानकारी दिन पाए धेरै फलदाइ हुनेछ भोलिका दिनमा यहाहरुसंग महिला अधिकारको लागि सहकार्य गरेर अगाडी वढ्नेछौं भन्नु भयो । 
 उक्त कार्यक्रममा ललितपुरकी रस्मि शाक्यले सहभागी २२ प्रतियोगीहरुलाई पछि पार्दै मिसेज ट्यालेन्ट अवार्ड सहित विजेताको ताज जित्न सफल हुनु भयो ।  ललितपुरमा सौन्दर्य पेसा गर्दै आएकी शाक्यले रेफ्रिजेनेटर लेटमिइनको तर्फवाट ३० हजार वरावरको गिफ्ट भौचर ,सिंगापुर मलेसियाको भ्रमणको लागि हवाई टिकट उपहार स्वरुप प्राप्त गर्नु भयो । 
उक्त कार्यक्रममा डा. अश्विना केसी फष्ट रनरअप साथै इन्टेलीजेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल हुनु भयो भने सेकेन्ड रनरअप लसता शाक्य हुनु भयो उहाले वेष्ट स्कीन र वेष्ट वाकको पनि टाइटल जित्न सफल हुनुभएको थियो भने क्रमस विजेताहरुलाई ४० इन्चको टिभि र भ्याकुम किलनर साथै सिंगापुर मलेसियाको हवाई टिकट तथा लेटमिइनको तर्फवाट २० हजारको गिफ्ट भौचर प्राप्त गर्नुभयो । साथै थर्ड रनरअप शर्मिला घिसिङ्, फोर्थ रनरअप सपना थापा र अर्गनाइजर च्वाइसको ताज अम्विका थापाले जित्न सफल हुनु भयो । 
अन्य विभिन्न विधामा अन्र्तरगत सृजना थापाले डिसिपिलिन ,सजिता रेग्मी कन्फीडेन्ट,लक्ष्मि राणा लोयल,सुनीता केसी पपुलर, अन्जु क्षेत्री फोटोजेनिक, रेनु रायमाझी फेन्ड्ली , इनोसेन्ट निरु सिंह, हम्वल लक्ष्मि घिमिरे , लक्ष्मि अर्यालले मिसेज वव्ली , सृजना अधिकारी व्यूटीफूल, सुस्मा रिसाल सुवेदीले मिसेज इनरजेटीक , चन्द्रकला रायले मिसेज इन्थुज्यनटिक, लक्ष्मि मर्हजन कोटियोर्स , पनिता कार्की अनेष्ट, सरस्वती अचार्य गौतमले मिसेज हार्डर्ओकीङ र दाङकी चेली सुन्नीमा लम्साल मिसेज व्रेभ एण्ड वोल्ड अवार्ड पाउनु भएको थियो । 
उक्त कार्यक्रममा निर्णायक मण्डलमा व्यूटी प्याजेन्ट एसोसीयसन नेपालका अध्यक्ष गोपाल लाल कक्षपति,वरिष्ठ सौन्दयविद सिता न्यौपाने पाठक,आयाम इन्टरनेशनल कलेजका अध्यक्ष तथा प्रिन्सिपल कृष्ण चन्द्र झा, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, अक्षरा स्कुलकी डाइरेक्टर प्रिन्सिपल अन्जु भट्टराई ,सन्चारकर्मी अनिता विन्दु, प्रदेश न १ आनका अध्यक्ष पवन अधिकारी र मिसेज व्यूटी क्वीन २०१८ की विजेता सुदीक्षा आचार्य रहनु भएको थियो ।

धेरै पढिएको