News Desk
काठमाडौँ — फाल्गुन २४, २०७७।
युथ कृयसन नेपालद्धारा आयोजित बालबालिका केन्द्रित “फेस अफ स्मार्ट किड्स २०२१” को अडिसन शनिवार काठमाडौंको दरबारमार्गस्थित द लेबल लाउन्जमा सम्पन्न भएको छ ।
बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सिईओ रबि लामा तामाङले जनाए ।
यो पहिलो संस्करणको लागि ६ देखि १३ बर्ष उमेर समूहका दर्जनौं सहभागीहरु प्रतिस्पर्धाका लागि छनौट भएका छन । छनौट भएका प्रतियोगीहरुलाई शारारिक फिटनेश ,जुम्वा ,एरोविक्स,सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन,टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी बिभिन्न प्रशिक्षण,हिड्न वोल्न साथै प्रश्न उत्तर प्रशिक्षण प्रदान गरिने छ ।
अडिसनको निर्णायकको रुपमा वरिष्ठ हाँस्य कलाकार गोपाल ढकाल 'छन्दे' , बेटर ग्यालेक्सीका अध्यक्ष धिरज तन्दुकार, मिस्टर एण्ड मिस बेष्ट मोडल अफ दि इयर,२०२० बिजेता धुर्ब श्रेष्ठ र फस्ट रनरअप रोजिना तामाङ रहेका थिए।
विभिन्न सामाजिक संस्थाहरुको वारेमा अन्तरक्रिया तथा जानकारी प्रदान गरिनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विधामा भने कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण प्रदान गर्नुहुनेछ । साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानवअधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संचालन गरिने छ ।
यस कार्यक्रमसंगै आयोजक संस्थाकै अर्को सौन्दर्य प्रतियोगिता 'मिस हेरिटेज क्विन नेपाल' लाई यसैसंगै सहकार्य गरिदै लैजाने आयोजकले जनाएका छन।