महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन वित्त साक्षरता कार्यक्रम र कला प्रदर्शनी हुने
News Desk
Mar-08 , 2021 तारिख 09:30 बेलुका

 

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन वित्त साक्षरता र कला प्रदर्शनी समेत हुदैछ ।मेलाको दोस्रो दिन अर्थात मार्च ९ तारिकमा कामना विकास बैंकले वित्त साक्षरता कार्यक्रम संचालन गर्दै छ भने नेपाली एवम् भारतिय कलाकारहरुले कला प्रदर्शन समेत गर्दैछन् । 

मंगलबार हुने कला प्रदर्शनीमा गायक गायिकाहरुले स्टेज पर्फर्मेन्स दिनेछन् । स्टेज पर्फर्मेन्स गर्ने कलाकारहरुमा रक गायक बिनोद ढकाल, गायिकाहरु मधु क्षत्री, मिनाक्षी जिएम र भारतिय कलाकार अनु सिहं छिन । मधु क्षेत्री चर्चित नेपाली गीत सोचे  झै जिन्दगी रैनछ कि गायिका हुन भने  बिनोद ढकाल नक्कले भिनाजु गीत र मिनाक्षी चल्तीकी दोहरी गायिका हुन ।  

साथै कार्यक्रममा मिथिला आर्ट समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

धेरै पढिएको