News Desk
काठमाडौं चैत ११
काठमाडौं, बलिउड स्टार अमिर खानलाई कोरोना भाइरसको संक्रमण पुष्टि छ । उनका प्रवक्ताले कोरोनाको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खान संक्रमित भएपछि होम क्वारेन्टाइनमा बसेको बुझिएको छ ।
उनी सामान्य अवस्थामा रहेको जनाइएको छ । यसअघि बलिउड नायक रणवीर कपूर र कार्तिक आर्यान र निर्देशक सञ्जय लिला बन्सालीलाई कोरोना संक्रमण भएको थियो ।