आज १ सय ५६ संक्रमित थप
News Desk
Mar-26 , 2021 तारिख 03:20 बेलुका

काठमाडौं  - चैत १३

काठमाडौं, नेपालमा कोरोना भाइरसका आज १ सय ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज ७० जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ७२ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।