News Desk
काठमाडौं - चैत १६
काठमाडौं, सूइज नहरमा गत मङ्गलवारदेखि अड्किएको विशाल पानीजहाजलाई सारिएको छ। सोमवार सामाजिक सञ्जालमा प्रेषित भिडिओमा ‘एभर गिभन’ नामक उक्त जहाजको पृष्ठभागलाई नहरको किनारातिर तानिएको र अवरुद्ध मार्ग खुलाइएको जनाईएको छ । पानीजहाज कम्पनी इन्चकेपले पनि उक्त पानीजहाज अड्किएको स्थानबाट हटाइएको जनाएको छ।
एभरग्रीन कम्पनीको स्वामित्वमा रहेको उक्त पानीजहाजलाई हटाएर जलमार्ग खुलाउन टगबोट र ड्रेजरहरू प्रयोग गरिएको थियो। उक्त ट्राफिक जामलाई सबैभन्दा महँगो ट्राफिक जाम मानिएको छ । इजिप्टको स्वामित्वमा रहेको उक्त जलमार्ग १९३ किलोमिटर लामो छ। एजेन्सी