कोभिड–१९ विरुद्धको खोप चीनद्वारा नेपाललाई उपलब्ध
News Desk
Mar-29 , 2021 तारिख 12:57 बेलुका

काठमाडौं - चैत १६

काठमाडौं, कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख मात्रा (डोज) आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो खोप हस्तान्तरण गरेका हुन् । रासस