ताइवानमा रेल दुर्घटना, ३६ जनाको मृत्यु
News Desk
Apr-02 , 2021 तारिख 05:43 बिहान

एजेन्सी - चैत २०

एजेन्सी, पूर्वी ताइवानमा भएको यात्रुवाहक रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गएको छ। आज बिहान भएको उक्त दुर्घटनामा कैयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

३५० भन्दा बढी यात्रु रहेको रेल ताइपेइ क्षेत्रबाट ताइतुङ क्षेत्रतिर लागेको थियो। रेलले ट्रयाक् छोडेकाले उक्त दुर्घटना भएको बताइएको छ। घटनामा घाइते भएका २० जनालाई अस्पताल पठाइएको त्यहाँस्थित सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ। एजेन्सी

धेरै पढिएको