भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो
News Desk
Apr-15 , 2021 तारिख 03:33 बिहान

काठमाडौं - बैशाख २

काठमाडौं, सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो रहेको पाइएको छ । भारतमा कोरोना सङ्क्रमण उच्च गतिमा बढिरहेको  बेला भारतको विभिन्न सहर बाट काम गरेर फर्किरहेका नेपालीमा  पनि सङ्क्रमण बढ्दो रहेको पाइएको हो । 

हाल  गौरीफन्टा नाकाबाट सबैभन्दा बढी नेपाली फर्किरहेका छन् । जसमध्ये धेरैलाई कोरोना पुष्टि भएको छ । चैत ३ देखि ३० गतेसम्म यो नाकाबाट फर्किएका मध्ये आठ हजार ८०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।    

जसमध्ये ४६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  बुधबार दिउँसो  सम्ममा गौरीफन्टा नाकाबाट आएकामध्ये १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । 

चैत  २० गते यता भारतबाट आउनेमा कोरोना सङ्क्रमण बढी मात्रामा पुष्टि भएको  नाकामा खटिएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी अमित  विकले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।