News Desk
पाकिस्तान - बैशाख ९
पाकिस्तान, पाकिस्तानको क्वेटा शहरमा पाकिस्तानका लागि चिनियाँ राजदुत बसेको होटेलमा बम विष्फोट भएको छ । राजदुतलाई लक्षित गरी गराइएको विष्फोटमा परी ४ जनाको मृत्यु भएको छ । घटनामा अन्य ११ जना घाइते भएका छन् । राजदुत नोङ रोङ पाकिस्तानी सेनाका अधिकारीहरूसँग रात्रीभोजमा सरिक रहेका बेला विष्फोट भएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । राजदुत रोङ होटलमा पुग्नु केहीबेर अघि मात्रै बिस्फोट भएको हो ।
अफगानिस्तानको सीमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेतामा चीनिया राजदूत रहकै बेला विष्फोट भएको हो । घटनाको जिम्मेवारी पाकिस्तानको तालिवान समूहले लिएपनि विष्फोट गराउनुको कारणका विषयमा जानकारी दिएको छैन। एजेन्सी