'ब्राइट ईभेन्ट फेसन शो' जारी निषेधाज्ञाका कारण स्थगित
News Desk
Apr-29 , 2021 तारिख 01:50 बेलुका

 

काठमाडौं - १६ वैशाख ।
राजधानीमा यही वैशाख २५ गते आयोजना हुने भनिएको 'ब्राइट ईभेन्ट फेसन शो'  हाललाई स्थगित भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को संक्रमणको कारण नेपाल सरकारले जारी गरेको निर्देशिका बमोजिम हाल कार्यक्रम गर्न नसकिने भएको आयोजक संस्था ब्राइट ईभेन्ट मेनेजमेन्टका सिईओ राजन बुढाथोकीले जनाएका छन ।

कोरोना संक्रमणको जोखिम कम नभएसम्मको लागि कार्यक्रम स्थगित गरिएको साथै संक्रमणको जोखिम कम भएपछी विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य निर्देशिका वमोजिम सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यक्रम संचालन गरिने आयोजक बुढाथोकीले जनाए ।

Related Post