चर्चित टेलिसिरियल ‘जुठे’ बन्द भयो
News Desk
Jun-17 , 2021 तारिख 04:01 बेलुका

काठमाडौँ — असार ३, २०७८। 

हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिसिरियल ‘जुठे’ बुधबारबाट बन्द भएको छ । निषेधाज्ञामा समेत चल्दै आएको श्रृखंला अहिले आएर बन्द भएको हो ।

निर्देशक मरिच मान श्रेष्ठ ‘बल्छी धुर्बे’ले सिरियल बुधबारबाट बन्द भएको बताए । श्रेष्ठले भने- ‘सिरियलमा उठाएको बिषयमा केही व्यक्तिले बिवाद पनि गरेका छन्।'; ‘बिवाद पनि र छायाँकन असम्भव भएको कारण अहिलेलाई ‘जुठे’ रोकेका छौ ।’ 

निषेधाज्ञा खुलेपनि बिवाद समाधान गरेर फेरि ‘जुठे’ सुरु गर्ने उनको भनाई रहेको छ ।

श्रेष्ठ र राजु पौडेल ‘मास्टर’ को संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, बिद्या कार्की,  रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिच मान श्रेष्ठ लगायतको कलाकारको मुख्य अभिनय रहदै आएको छ ।

योगेश काजीको संगीत रहेको सिरियल राहुल राई र घनश्याम पोखरेलले छायाँकन, रविन भट्टले सम्पादन गर्दै आएका छन् । सिरियलले धेरै पहिलेको नेपाली सामाजिक घटना कथाको रुपमा प्रस्तुत गर्दै आएको थियो ।

Related Post