News Desk
मस्को — असार ६, २०७८। एजेन्सी
रुसको दक्षिण पश्चिमी क्षेत्र साइबेरियामा भएको जहाज दुर्घटनामा ९ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त जहाज अवतरणका क्रममा जमिनमा धस्सिएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु हुनेमा २ जना चालक दलका सदस्य तथा ७ जना यात्रु छन् । जहाजमा १७ जना थिए । रुसी समाचार समिति तासका अनुसार आपत्कालीन अवतरण गर्ने क्रममा ९ जनाको ज्यान गएको हो ।
जहाजमा कुनै प्राविधिक समस्या नरहेको र शनिबार मात्र पनि अन्य तीन उडान भरेको गरेको बताइएको छ । तर चौथो पकटको उडानका क्रममा जहाजमा खराबी देखिएपछि आकस्मिक अवतरण गराइएको बताइएको छ ।
(कान्तिपुर दैनिक)