‘विवाह गर्नुभन्दा योबाट बाहिर निस्कन मुश्किल’ - अभिनेत्री कीर्ति कुल्हारी
News Desk
Jun-20 , 2021 तारिख 02:01 बेलुका

काठमाडौं — असार ६, २०७८। एजेन्सी

अभिनेत्री कीर्ति कुल्हारीले उनी लामो समयदेखि आफ्ना श्रीमान् साहित सहगलसँग सम्बन्धविच्छेद गर्न चाहेको र यो निर्णयपछि आफू राम्रो स्पेसमा भएको स्वीकारेकी छिन् ।

के भन्छिन् कुल्हारी ?

यो वर्षको अप्रिल महिनामा नै कीर्तिले श्रीमान् साहिल सहगलसँग आपसी सहमतिमा छुट्टिने निर्णय गरेकी थिइन् । आफ्नो टुटेको विवाहबारे कुरा गर्दै कीर्ति भन्छिन्, ‘विवाहबाट बाहिरिने निर्णय मेरो लागि सहन थिएन । तर यो आवश्यक थियो ।’ १ अप्रिलमा साहिलसँग आफ्नो पाँच वर्षको विवाह समाप्त गर्ने निर्णयमा कीर्ति भन्छिन्, ‘हामीले यो निर्णय गरेको केही समय पछि नै यो खबर मिडिया वा पब्लिक डोमेनमा सेयर गरेका थियौं ।’

कीर्ति आफू अहिले निकै राम्रो महसुस गरिरहेको बताउँछिन् तर उनी मान्छिन्, ‘विवाह समाप्त गर्नउका लागि असाध्यै हिम्मत चाहिन्छ । यो विवाह गर्ने निर्णयभन्दा बढी कठिन थियो । जब एकसाथ हुन्छौं तब परिवार, उनीहरुको खुसी, आइडिया अफ लभको  उत्सव मनाइन्छ र अर्कोतर्फ तपाईं त्यो कुरालाई तोड्दै हुनुहुन्छ जुन तपाईंहरुले मिलेर बनाउनु भएको हुन्छ ।’

‘परिवार टुट्छ, यो असाध्यै गाह्रो निर्णय हो । त्यसपछि मैले सोचेँ जब सँगै बस्ने निर्णय मेरो थियो भने साथ नबस्ने निर्णय पनि मैले नै गर्नुपर्छ । यद्यपि, समय लाग्छ र केही कुरालाई तपाईंले आफ्नो जीवनबाट बाहिरिन नै दिनुपर्छ । यद्यपि, यो निर्णयको परिणामका लागि पनि म तयार थिएँ । यस्तो निर्णय जसले तपाईंलाई प्रभावित पार्छ र तपाईंलाई भिन्न भिन्न समयमा तोड्छ पनि । तर दिनको अन्त्यमा तपाईंले आफूलाई महसुस गराउनुपर्छ कि तपाईंले सही काम गर्नुभएको छ र तपाईंले जे गर्नुभयो जुन अपरिहार्य थियो ।’

Related Post