गिरिजाप्रसाद कोईराला उदारिकरणका नायक: सुजाता कोईराला 
News Desk
Jun-27 , 2021 तारिख 06:53 बिहान

 

काठमाण्डौं -पुर्व उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसकी प्रभावशाली नेत्री  सुजाता कोईरालाले गिरिजाप्रसाद कोईराला उदारिकरणका नायक भएको स्मरण गरेकी छन् । गिरिजाप्रसाद कोईराला फाउण्डेसनकी सभापति समेत रहेकी  कोईरालाले  गिरिजा प्रसाद कोईरालाको ९८ औ जन्म जयन्तीको अवसरमा शनिबार आयोजित उद्यमशिलता आजको आवश्यकता बिषयक वेमिनार कार्यक्रमाई संबोधन गर्ने क्रममा उनले उक्त सन्दर्भ बारे बोलेकी हुन् । 

 गिरिजाप्रसाद कोईराला फाउण्डेसन- व्यवसायिक तथा उद्यमशिलता विभागको आयोजनामा विभागकी निर्देशक शान्ता बाँस्कोटा कोईरालाको सभापतित्व माझ आयोजित   कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष कोईरालाले गिरिजाप्रसाद कोईराला उदारिकरणका नायक भएको स्मरण गर्दै देशमा २०४६ मा प्रजातन्त्र स्थापना भए लगत्तै दुई बर्ष भित्र ६ सय उद्योग र ९० हजार रोजगार सिर्जना गर्न सफल रहेको र उक्त काल आधुनिक नेपालको स्वर्ण काल रहेको उल्लेख गरिन । अध्यक्ष कोईरालाले माओवादी द्वन्दका कारण   गिरिजा प्रसाद कोईरालाको उद्योग र रोजगार वृद्धी गर्ने अग्रगामी सोच साकार पार्न बाधक बनेको औल्याउदै देश सशास्त्र द्वन्दमा रहेका बेलामा युवाहरु विदेश पलायन हुन वाध्य पारिएको र कल कारखाना चल्न नदिईएको पनि बताईन् ।  

साथै, नेतृ कोईरालाले उदारिकरण र खुला अर्थतन्त्रको जगलाई मजबुत पार्न स्वर्गिय गिरिजा प्रसाद कोईरालाबाट भिजन र नेतृत्व प्रदान गर्ने कार्य भएको स्मरण गर्दै निजी विश्वविद्यालय, यातायात, पर्यटन रोजगार, देखी वित्त आदी सबै क्षेत्रको विकासमा स्वर्गिय पिताजी गिरिजा प्रसाद कोईरालाको विशिष्ठ योगदान रहेको चर्चा गर्दै उनी दुरदर्शी राजनेता भएको  समेत स्पष्ट पारिन् ।   

नेतृ कोईरालाले राजनीतिलाई व्यापारसँग जोडेर हेर्न नहुने विचार व्यक्त गर्दै हाल सरकारमा बस्नेहरुको सोच भ्रष्ट र  व्यापारिक मनोबृत्तीको भएको भन्दै हाल जारी राजनीतिक अस्थिरता र कोभिड १९ का कारण देश जटिल मोडमा उभिएको राय समेत पेश गरिन ।  

Related Post