अफगानिस्तानमा आफ्ना सैनिकहरुलाई दोभाषेको रुपमा सहयोग पुर्‍याउनेलाई अमेरिकाले सुरक्षित स्थानमा लैजाने
News Desk
Jul-15 , 2021 तारिख 08:40 बिहान

काठमाडौं — असार ३१, २०७८। एजेन्सी 

द्वन्दको सयममा अफगानिस्तानमा आफ्ना सैनिकलाई दोभाषेका रुपमा सहयोग पुर्‍याउने अनुवादकहरुलाई संयुक्त राज्य अमेरिकाले सुरक्षित स्थानमा लैजाने भएको छ ।

यही जुलाइएको अन्तिम हप्तादेखि उनीहरुलाई अमेरिका वा अर्को कुनै देशमा लगिने भएको हो । हालैका हप्ताहरूमा तालिबानले अफगानिस्तानका विभिन्न क्षेत्रहरुमा तीब्र गतिले पकड जमाइरहेको छ ।

ह्वाइट हाउसकी प्रवक्ता जेन सासाकीले दोभाषेहरुलाई बहादुर व्यक्तिको संज्ञा दिँदै उनीहरुले विगत धेरै बर्षहरुमा खेलेको भूमिकाको मूल्य तिर्न आफुहरु तयार रहेको जनाएकी छिन।

झण्डै २५ सय व्यक्तिहरु अमेरिका वा तेस्रो देशमा सैन्य सुविधाका लागि प्रतिरक्षारत रहेको बताइएको छ । अमेरिकीसहितका सैनिक फिर्ताको क्रम अन्तिम चरणमा पुग्दै गर्दा उनीहरुका सहयोगीका रुपमा काम गरेका अनुवादकहरु जोखिममा आएको भन्दै चासो र चिन्ता थपिएको थियो ।

सन् २००१ यता अमेरिकाको नेतृत्वमा हुँदै आएको नेटो सैनिकको अभियान अफगानिस्तानमा अन्त्य हुँदैछ । सबै विदेशी सैनिक सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट बाहिरिने समय सीमा छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो अगस्ट अन्तिमसम्ममा आफ्ना सैनिक फिर्ता हुने घोषणा गरेका छन् ।

धेरै पढिएको