मिस लिटिल नेवा: ११४१ आयोजना हुदै
News Desk
Jul-20 , 2021 तारिख 07:26 बिहान

काठमाडौं — श्रावण ५, २०७८। 

मिस नेवा:को अर्को संस्करण मिस लिटिल नेवा: ११४१ को आयोजना हुदैछ । नेप्लिज फेशन होमले बिगत झैँ यस वर्ष पनि मिस लिटल नेवाको कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराएको हो । लकडाउन सामान्य भएसंगै ट्रेनिङ शुरु हुने फेशन होमले बताएको छ ।

मिस लिटिल नेवा: ११४१ मा ९देखि १४ बर्ष सम्मका प्रतिभावान नेवार समुदायका साना नानीहरुले सहभागिता जनाउन सकिने छन् । उक्त कार्यक्रममा साना नानीहरुलाई नेवारी भाषा, लिपि, भेषभुषा , संस्कार र संस्कृतिदेखि धेरै ज्ञान हासिल गर्ने थलोको रुपमा स्थापित भएको छ ।

नेप्लिज फेशन होमले बिगत १६ बर्ष देखि मिस लिटिल नेवा: संगै नेवा: समुदायमा बहुचर्चित कार्यक्रम मिस नेवा : कोआयोजना गर्दै आइरहेको छ । त्यसको अलवा मास्टर स्टार जस्ता बालबालिकाका प्रतिभा प्रस्फुटन गर्ने थलोको रुपमा आफूलाई अबल साबित गर्दै आइरहेको छ ।

धेरै पढिएको