हेइटीमा नयाँ प्रधानमन्त्री नियुक्त
News Desk
Jul-21 तारिख 03:02 बेलुका

काठमाडौँ —  श्रावण ६, २०७८। एजेन्सी

क्यारेबियन मुलुक हेइटीमा राजनीतिक संकटकैबिच नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ ।

राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि अस्थिर भएको राजनीतिलाई सही ट्र्याकमा ल्याउने वाचासहित एरियल हेन्रीले हिजो प्रधानमन्त्रीको सपथ लिए ।

हत्या गरिनुभन्दा केही दिन अगाडि मात्रै राष्ट्रपति मोइसले हेन्रीलाई प्रधानमन्त्रीमा सिफारिस गरेका थिए । तर हेन्रीले पदभार ग्रहण नगर्दै राष्ट्रपतिको हत्या भएपछि राजनीतिक संकट चुलिएको थियो ।

हिजो कार्यवाहक प्रधानमन्त्री क्लाउडे जोसेफ राजिनामा दिन तयार भएपछि नयाँ प्रधानमन्त्री नियुक्तीको बाटो खुलेको हो ।

हेइटीमा रहेका केही प्रभावशाली देशका राजदुतहरुले हेन्रीलाई नयाँ सरकार गठन गर्न आव्हान गरेलगत्तै जोसेफले बाटो छाडिदिएका हुन् ।

गत जुलाइृ ७ तारिखमा हेइटीका राष्ट्रपति मोइसको बन्दुकधारीहरुले निवासमै हत्या गरेका थिए ।

कोलम्बियाका पूर्व संनिकसहित भाडाका सेनाहरुको एउटा समुहले राष्ट्रपतिको हत्या गरेको त्यहाँको प्रहरीले दावी गरेको छ ।