News Desk
काठमाडौँ — श्रावण ७, २०७८।
भारतमा कालो ढुसी(ब्ल्याक फंगस) को संक्रमणबाट ४ हजार ३ सयभन्दा बढीको मउत्यु भएको छ । विशेषगरी कोरोना संक्रमितमा देखिने कालो ढुसीबाट अहिलेसम्म भारतमा ४५ हजार ३ सय ७४ जना संक्रमित भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री मनसुख माण्डवीयले जानकारी दिएका छन् ।
कालो ढुसीले नाक, आंखा र मस्तिष्कमा असर पुऱ्याउने चिकित्सकको भनाइ छ । चिकित्सकहरुका अनुसार कोरोना भाइरसबाट संक्रमणमुक्त भएको १२ देखि १८ दिनपछि कालो ढुसीको संक्रमण देखिने सम्भावना हुन्छ ।
बीबीसीका अनुसार अहिले पनि भारतमा झन्डै २२ हजार कालो ढुसीका संक्रमित उपचाररत रहेका छन् ।कालो ढुसीको संक्रमणबाट महाराष्ट्र र गुजरात सबैभन्दा बढी प्रभावित राज्य हुन् । यी दुई राज्यमा १७८५ को कालो ढुसीको संक्रमणबाट मृत्यु भएको छ।
कालो ढुसीबारे जान्नैपर्ने कुरा
कोरोना भाइरसबाट संक्रमित भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी(म्युकरमाइकोसिस) को संक्रमण नेपालमा पनि केहीमा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संक्रमण विरलै देखिने तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमा ध्यान पुर्याउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ । ब्ल्याक फंगससमेत भनेर चिनिने यस रोगको प्रारम्भिक लक्षमा अनुहार, मुख, नाक र आखाँवरिपरि दुख्ने हुन्छ ।
त्यस्तै यसका कारण ज्वरो आउने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने पनि गर्छ । आँखाको ढकनी सुनिने, र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने तथा नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने र दाँत दुख्ने वा हल्लिने पनि यसको लक्षण भएको मन्त्रालयले जनाएको छ ।
४५ देखि ६५ वर्ष उमेर समूह, मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिबायोटेक वा स्टेरोइड औषधि सेवन गरिरहेकाहरुलाई कालो ढुसीको संक्रमण हुने उच्च जोखिम रहन्छ ।
घरमा आइसोलेसनमा बस्दा यो कालो ढुसीबाट बच्न विभिन्न उपायहरु अपनाउन सकिने चिकित्सकहरुको सुझाव छ । कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने पनि चिकित्सकको भनाइ छ । कालो ढुसीबाट संक्रमित भएकाको उपचारमा ‘एम्फोटेरिसिन–बी’ नामक औषधि प्रयोग गरिन्छ ।
संक्रमण रोकथामका लागि अपनाउनुपर्ने उपायहरु
(कान्तिपुर दैनिक)