पाकिस्तानले मनायो स्वतन्त्रता दिवस
News Desk
Aug-15 , 2021 तारिख 04:38 बिहान

काठमाडौँ —  ३१ श्रावण २०७८  

काठमाडौँ, पाकिस्तानी दूतावासले काठमाडौंमा आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाएको छ । महाराजगन्जस्थित दूतावास परिसरमा शनिबार आयोजित कार्यक्रममा दूतावासका नियोग उपप्रमुख अद्नान जावेद खानले झन्डोत्तोलन गरे ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र पाकिस्तानबीच मित्रवत् सम्बन्ध रहेको उल्लेख गर्दै पाकिस्तानले नेपालको विकासमा गरेको सहयोगलाई लिएर प्रशंसा गरे ।

(कान्तिपुर दैनिक)  

धेरै पढिएको