अफगान तनावबारे सरोकारवाला मुलुकसँग वार्ता गर : पूर्वराजदूतहरू
News Desk
Aug-24 , 2021 तारिख 09:57 बिहान

काठमाडौँ — ८ भाद्र २०७८ 

काठमाडौँ, अफगानिस्तानको राजनीतिक परिस्थितिका कारण क्षेत्रीय अस्थिरता आउनसक्ने भन्दै पूर्व राजदूतहरूले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतमा सरोकारवाला मलुकहरूसँग संवाद अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।पूर्वराजदूतहरू हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, दुर्गेशमान सिंह, सुरेश चालिसे र महेश मास्केले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘तालिवानका कारण अफगानिस्तानमा उत्पन्‍न घटनाक्रममा सबै सार्क राष्ट्रहरूले चासो दिनुपर्छ,’ विज्ञप्तीमा छ, ‘यो संकटको अवस्थामा सार्क अध्यक्षको हैसियतमा नेपालले क्षेत्रीय सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।त्यसैले हामी अहिले देखापरेका क्षेत्रीय चुनौतीहरू सम्बोधनका लागि सरोकारवाला मुलुकहरूसँग सरकारले तत्काल संवादको पहल गरोस् भन्ने चाहन्छौं ।’ 

(कान्तिपुर दैनिक) 

धेरै पढिएको