देबेन्द्र कुंवरको निर्देशनमा राजेश हमाल, अश्मिता भट्ट अभिनित 'नाचन कान्छी' म्युजिक भिडियो सार्वजनिक
News Desk
Sep-03 , 2021 तारिख 08:55 बिहान

काठमाडौँ — भाद्र १८, २०७८।

नेपाली सिने जगत देखि नेपाली म्युजिक भिडियोमा समेत राज गर्न सफल महानायक राजेश हमाल अभिनित बिभिन्न विधाका दर्जनौ दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक तथा कोरियोग्राफर देबेन्द्र कुंवरको निर्देशनमा फरक शैलीमा हमाललाई प्रस्तुत गरिएको”नाचन कान्छी”बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजेश हमालका साथमा पछिलो समय नेपाली म्युजिक भिडियोमा एकपछी अर्को भिडियोमा अभिनय गर्दै आएकी निकै नै सम्भावना बोकेकी मोडल अश्मिता भट्ट सहित अनमिका कार्की ,राहिषा रेग्मी,बिबिशा भण्डारी,बिमला लगायतका कलाकारको अभिनय रहेको छ । हरि बहादुर घलेले छायांकन गरेको म्युजिक भिडियो सम्पादन बन्डेले गर्नु भएको छ ।

ओम सुनारको शब्द संगीत रहेको गीतमा अभिराज ओलीको स्वर रहेको छ । Amsenz नामक अफिसियल युटुब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको छ । 

भिडियो :

धेरै पढिएको