'वर्ल्ड डाईभरसिटी नेपाल, २०२१' सम्पन्न
News Desk
Sep-08 , 2021 तारिख 02:07 बेलुका

काठमाडौं — भाद्र २३, २०७८। 

न्यु राईज ईन्टरटेनमेन्टद्वारा आयोजित 'वर्ल्ड डाईभरसिटी नेपाल, २०२१' मा एलेक्स गुरुङ  बिजयी भएका छन । जडिबुटीस्थित जडिबुटी बैङ्क्वेटमा सम्पन्न प्रतियोगितामा टिन र मिस डाईभरसिटी भने ऐश्वर्या क्षेत्री,र संस्कृती पौड्यालले हात पारे।

फस्ट रनर अप ईसिका र सरोजले हात पारे भने मिस ट्यालेन्ट पुजा खत्री, बेष्ट पर्सनालिटी अन्जली शाह, मिस कन्जेनालिटी सम्झना लामा र मिस्टर पर्सनालिटी रोमस मगरले हात  पारे। 

प्रतियोगिताको निर्णायकमा मनिष राउत, सङ्सिता श्रेष्ठ र वेनिस भन्डारी रहेका थिए ।  अतिथिका रुपमा माधव निर्दोस र दयाराम घिमिरे रहेका थिए। ।  

न्यु राईज ईन्टरटेनमेन्टले अबको आउँदो दिनमा अझै नयाँ प्रतिभालाई प्राथमिकता दिने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गराउँदै प्रोत्साहन दिने आयोजक कमल देउवाले बताए। 

आयोजकका अनुसार अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरि अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङ सम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइएको थियो ।

Related Post