'तराई फेशन वीक' को ग्राण्ड अडिसन सम्पन्न, शो मंसिर ४ गते जनकपुरमा हुने
News Desk
Nov-14 , 2021 तारिख 09:46 बिहान

काठमाडौँ — कार्तिक २८, २०७८। 

२ नंम्बर प्रदेशलाई लक्षित गर्दै आयोजना गरिएको तराई फेशन वीकको ग्राण्ड अडिसन सम्पन्न भएको छ ।

ब्राईट ईभेन्ट मेनेजमेन्टले आयोजना गरेको उक्त प्रतियोगिताको लागि छनौट चरणबाट छानिएका ३० जना मोडलहरुलाई करिव एक हप्ता लामो प्रशिक्षण पश्चात मंसिर ४ गते तराई फेशन वीकको स्टेजमा उतारिने आयोजक संस्थाका सिईओ राजन बुढाथोकीले जनाएका छन ।

जनकपुरमा सम्पन्न अडिसनमा मिस्टर जनकपुर सम्राट ठाकुर, व्युटी क्वीन अफ नेपाल फर्स्ट रनर अप दीपिका उपाध्याय, मिस जनकपुर आईकन फर्स्ट रनर अप ज्योति साह लगायतका निर्णायक रहेका थिए ।

पछिल्लो समय नेपालमा पश्चिमेली संस्कृतिको प्रभाव नराम्रोसँग युवा पुस्तामा परेको र नेपाली संस्कृति विस्तारै विस्थापित भैरहेकाले यस कार्यक्रममार्फत विदेशी संस्कृतिबाट बढी प्रभावित युवा पुस्तालाई नै संस्कृति र रीतिरिवाज जोगाउन लागि पर्ने वातावरण सृजनाका निम्ति पनि यस कार्यक्रम अझ प्रभावकारी तवरले अगाडि बढाउन लागिएको आयोजकद्वय पंकज ठाकुर र पुजन साहले जनाएका छन। 

धेरै पढिएको