रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता, विकास साझेदारीमा जोड
News Desk
Jun-04 तारिख 06:09 बिहान • आज

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता फलदायी र सकारात्मक भएको बताएका छन्।

बुधबार नयाँ दिल्लीमा भएको करिब एक घण्टा लामो छलफलपछि लामिछानेले नेपाल–भारत सम्बन्धलाई नयाँ दृष्टिकोणबाट अघि बढाउनुपर्ने आवश्यकता रहेको धारणा राखेका छन्। उनले भेटलाई दुई देशबीचको विकास कूटनीति सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा वर्णन गरेका छन्।

लामिछानेका अनुसार नेपाल र भारतले विगतका चुनौती, सीमितता तथा अवरोधहरूलाई पार गर्दै आपसी विश्वास, साझेदारी र विकासमुखी सहकार्यमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्ने समय आएको छ।

उनले दुवै देशबीचको सम्बन्धलाई राजनीतिक सीमाभन्दा माथि उठाएर जनस्तरमा प्रत्यक्ष लाभ पुग्ने गरी विकास परियोजनामा केन्द्रित गर्नुपर्नेमा पनि जोड दिएका छन्।

नेपाल–भारत सम्बन्धलाई दीर्घकालीन रूपमा सुदृढ, स्थिर र परिणाममुखी बनाउन संवाद र सहकार्यलाई निरन्तर अघि बढाउनुपर्ने उनको भनाइ रहेको छ।

धेरै पढिएको