News Desk
पटना । राष्ट्रिय जनता दल (आरजेडी) नेता तेजस्वी यादवले आफ्ना पिता तथा बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई कोरोना सङ्क्रमणको खतरा भएको भन्दै सरकारलाई विशेष स्वास्थ्य निगरानीका लागि ध्यानाकर्षण गराएका छन् ।
आरजेडीका नेता तथा यादवका छोरा तेजस्वीले ट्वीटर सन्देशमा लेख्नुभएको छ, “पूर्व मुख्यमन्त्री तथा हाम्रा पिता यादवलाई उपचारमा सम्लग्न चिकित्सकलाई पनि कोभिड–१९ को सङ्क्रमण भएको हुनसक्ने खबरले हामीलाई चिन्ता लागेको छ । यो मेरो आवाज १२ करोड बिहारी जनताको चासोसँग जोडिएको छ । बहत्तर बर्षीय यादवले पूराना धेरै जटिल रोगहरूको उपचार र औषधि सेवन गरिरहेका छन् र उनलाई कोरोनाभाइरस सङ्क्रमणको अत्यधिक खतरा छ । त्यसैले उनको स्वास्थ्यप्रति अत्यन्त गम्भीर हुन जरूरी हुनेछ ।”
पूर्व मुख्यमन्त्री यादवको उपचार भइरहेको राँचीस्थित ‘राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेस ९रिम्स०’ को एक कक्षमा रहेका अर्का एक विरामीमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएपछि आरजेडी नेता तेजस्वीले पूर्व मुख्यमन्त्रीको उपचारमा सावधानी उपनाउन ट्वीट्मार्फत् आह्वान गरेको हो ।