मायावतीको दल १ सिटमा खुम्चियो
News Desk
Mar-11 , 2022 तारिख 10:37 बिहान

एजेन्सी, २७ फागुन ।  मायावतीको दल बहुजन समाज पार्टीले विधानसभा चुनावमा ४०३ सिटमा मात्र १ सिट जितेको छ । यो अहिलेसम्म उनको दल बहुजन समाजले जितेको कम सिट हो ।चुनावी परिणामपछि चार पटक मुख्यमन्त्री बनिसकेकी मायावतीले मुस्लिम मतदाताप्रति आक्रोश पोखेकी छिन् । उनले मुस्लिम मतदाताले अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीलाई मत दिएकाले आफूहरुले ठूलो मूल्य चुकाएको बताइन् । यो चुनावपछि आफूहरुले पाठ सिकेको प्रतिक्रिया दिइन् ।

चुनावमा समाजवादी पार्टीको जङ्गलराज फर्कने भयले दलित मतदाताले समेत भाजपालाई मत दिएको उनको भनाई थियो । उनले समाजवादी पार्टीप्रति आक्रोश पोखेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

धेरै पढिएको