अस्ट्रेलियाको मटनबर्ड आइल्याण्ड अन्तरखण्डमा परम्परागत स्रोत र प्राकृतिक आकर्षण
News Desk
Oct-13 , 2022 तारिख 01:30 बेलुका

डिएन घिसिङ

 अष्ट्रेलियाको न्यू साउथ वेल्स स्थित कोफ्स हार्बर किनारमा रहेको प्राकृतिक पर्यावरण र सास्कृतिक धरोहरले भरिपूर्ण मटनबर्ड आइसल्याण्ड एकान्त टापुहरूको शानदार दृश्य देख्न पाइन्छ।यहाँको प्रकृती दृश्यलोकन गर्न सयर हुने पर्यटकलाई सास्कृतिक धरोहर र पर्यावरणले मोहित गर्दछ।एकातिर बन्दरगाहको ब्यबस्थापन अर्को तर्फ चराहरूको बेजोड अनि सागरको घम्किलो भेगले जो कोहीलाई उत्साहित बनाउछ।

न्यू साउथ वेल्सको पहुँच योग्य ठाउँहरू मध्ये मटन बर्ड आइसल्याण्ड एक हो।परम्परागत स्रोतहरूको सम्पत्ति र देख्ने कथाका रूपमा मटनबर्डलाई अर्थ्याउने गरेको छ। आइसल्याण्ड टापु आदिवासी सांस्कृतिक मह्त्वको स्तम्भको रूपमा समेत परिचीत छ।बस्ती बिस्तारको प्रारम्भमा आदिवासीहरुले चरालाई शिकार गर्दा नामको अपभ्रम्स भएको तथ्य उतिकै रोचक रहेको छ। चराको बोसो मटन अर्थात खसीको मासु जस्तो मासुका कारण मटन बर्ड उपमा दिएको उल्लेख छ। आदिवासीका लागि मटनबर्ड आइल्याण्ड एक पवित्र स्थल हो, टापुलाई गिदानी मिराल अर्थात चन्द्रमा आकारको आकृतीमा अढेको छ। आदिवासीहरुले पवित्र स्थानको रूपमा पुज्ने गर्दछ।

चन्द्रमा समुद्रमा खस्ने बारे सपनाको कथासँग सग जोडेर किम्बदन्तीहरु तयार गरेका छ्न। मटनबर्ड एरियालाई स्थानीय सरकारले निकुञ्जमा परिणत गरेको छ। आसल्याण्डमा पर्यटक आकर्षण गर्न फिसिङ्ग अर्थात माछा मार्ने शौखिनहरुको भिड लाग्ने गर्दछ। मटनबर्ड आइल्याण्डलाई कोफ्स हार्बर शहरको मुकुटमा रत्न मानिन्छ।नीलो रंगको छायामा महासागर स्पार्कलिंगले घेरिएको, यो टापुले अनौठो अनुभुती पर्यटकले मह्सुस गर्दछ। पर्खालको छेउमा टहल्ने साथै समुद्रको चम्किलो फिरोज र गहिरो नीलमणिमा डल्फिन, समुद्री कछुवा देख्न सकिन्छ ।

मटनबर्ड आइल्याण्ड नेचर रिजर्भ सोलिटरी टापु मरीन पार्कको दक्षिणी सिमानामा रहेको कोफ हार्बर, न्यू साउथ वेल्स, अष्ट्रेलियाको किनारमा रहेको प्रकृति रिजर्भ हो। यो मुख्य भूमिसँग कोजवेद्वारा जोडिएको छ,जसले बन्दरगाहको लागि उत्तरी ब्रेकवाटरको रूपमा काम गर्दछ। पदयात्रीको शैली यकातिर ब्यायाम महसुस हुन्छ भने उत्तरी तटको भौगोलिक विशेषताहरूले प्राचीन अबस्थाको अन्वेषका निम्ति फराकिलो भ्रमने अध्ययन पूरा गर्दछ। कोफ्स हार्बर शहरलाई मटनबर्ड आइल्याण्डले मुकुटको ताजले सजाएको आभास हुन्छ।

 

 

 

 

धेरै पढिएको