हमासले इजरायलबाट बन्धक बनाएका २४ जना लाइ ग​र्यो रिहा
News Desk
Nov-25 , 2023 तारिख 06:22 बिहान

हमासले इजरायलबाट बन्धक बनाएका २४ जना रिहा भएका छन्। हमासले शुक्रबार उनीहरूलाई इजिप्ट हुँदै इजरायल फर्किनका लागि रेडक्रसको जिम्मा लगाएको हो। 

 

तीमध्ये १३ इजरायली, १० थाई र एक फिलिपिनो रहेको इजरायल र हमासबीच मध्यस्थता गर्दै आएको कतारले जनाएको छ ।

 

मुक्त भएका इजरायलीमा दुई, चार, छ र नौ वर्षका चार बालबालिका र एक ८५ वर्षीया महिला छन्। इजरायलले बन्दी बनाएका प्यालेस्टिनीलाई अब सम्झौताको एक भागको रूपमा वेष्ट बैंकमा रिहा गरिएको छ।

 

सम्झौताका शर्तअनुसार, अस्थायी युद्धविरामको अवधिमा जम्मा ५० इजरायली बन्धक र १५० प्यालेस्टिनी बन्दीलाई चार दिनभित्र रिहा गरिने छ।

 

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १२ सय जनाको मृत्यु भएको थियो। २४० जनालाई बन्धक बनाएको थियो।

धेरै पढिएको