नाइजेरियामा चरमपन्थी समूहलाई लक्षित गरी हानेको ड्रोन दुर्घटनावश बस्तीबीच खस्दा कम्तीमा पनि ८५ जना सर्वसाधारण मारिए
News Desk
Dec-05 , 2023 तारिख 04:19 बेलुका

नाइजेरियामा चरमपन्थी समूहलाई लक्षित गरी हानेको ड्रोन दुर्घटनावश बस्तीबीच खस्दा कम्तीमा पनि ८५ जना सर्वसाधारण मारिएका छन।

नाइजेरियाली सेनाले हानेको यस ड्रोनको निशानामा चरमपन्थी थिए, तर दुर्घटनावश कादुना प्रान्तस्थित एक गाउँमा खसेको हो।

नाइजेरियाको नेशनल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीका अनुसार यो दुर्घटना आइतबार स्थानीय मानिसहरू एक मुस्लिम पर्व मनाउन भेला भएका बेला भएको हो।

दुर्घटनामा बाँचेकामध्ये ६ जनालाई तत्कालै उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

नाइजेरियाको सेनाले प्रायःजसो इस्लामिक चरमपन्थी र आपराधिक गिरोहविरूद्ध आफ्नो लडाइँका लागि ड्रोन आक्रमणको सहारा लिने गरेको छ।

देशको उत्तर पश्चिमी इलाकामा इस्लामिक चरमपन्थी र आपराधिक गिरोहको आतंक छ। 

 

 

धेरै पढिएको