News Desk
रूसका राष्ट्रपति भ्लादिमिर पुटिन बुधवार साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) को एक दिने औपचारिक भ्रमणमा निस्किएका छन।
पुटिनको यो भ्रमणलाई अहम मानिएको छ। २ वर्षअघि युक्रेनसँगको युद्ध सुरु गरेयता पुटिन विरलै विदेश यात्रामा निस्किएका छन।
अमेरिकासहित पश्चिममा शक्तिको पकडबाट मध्यपूर्व गुमिरहेको चर्चाबीच आफ्ना महत्वपूर्ण व्यापारिक साझेदारलाई भेट्न पुटिन निस्किएका हुन।
पुटिनको यो भ्रमण यस्तो समयमा हुँदैछ जुन बेला मध्यपूर्वमा जारी संघर्षबीच रुसले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने संकेत दीसकेको छ।
समाचार एजेन्सीका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले यस भ्रमणबाट फर्किएपछि पुटिनले इरानी राष्ट्रपतिसँग पनि वार्ता गर्दैछन।
रसी राष्ट्रपतिको यस भ्रमणलाई तेल उत्पादक देशहरूसँग अहम रणनीतिक साझेदारी बढाउने कोसिसका रुपमा हेरिएको छ।
ब्लुमबर्गले जनाएअनुसार पुटिन आफ्नो यस यात्राका क्रममा ब्यापार र लगानीका साथै इजरायल-प्यालेस्टाइन युद्धबारे पनि कुरा गर्ने तयारीमा छन।
मध्यपूर्वबाट फर्किएपछि पुटिनले मस्कोमा इरानका राष्ट्रपति इब्राहिम रईसीलाई स्वागत गर्नेछन। रईसी पुटिनको निम्तोमा रसिया पुग्ने क्रममा छन।
रूसका राष्ट्रपतिले यसै वर्ष मार्चमा इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले पक्राउ पुर्जी जारी गरेयता कुनै पनि देशको भ्रमण गरेका छैनन।
यूएई र साउदी अरब दुवै आईसीसीको सन्धिमा हस्ताक्षर नगरेका देश हुन। यसको अर्थ के हो भने पुटिनलाई यी दुई देशमा जाँदा गिरफ्तारीको कुनै जोखिम छैन।