भारतको केरलामा मास्क नलाउनेलाई ५ हजार रुपैयाँ जरिमाना
Devil Singh Rajput
Apr-30 , 2020 तारिख 06:40 बिहान

भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिमाना गरिने जनाएको छ। केरलाको वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएका हुन्। केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिमाना गराइनेछ। त्यसैगरी यस कानुनबाट सर्वसाधारण नागरिक मात्र नभएर त्यहाँका पसले लगायतका सबैलाई लागु हुनेछ। पसलमा आउने सबै ग्राहकलाई स्यानिटाइजर उपलब्ध गराउनुपर्ने तथा दुरी कायम गरेर पसल सञ्चालन गर्नुपर्ने नियम पनि बनाइएको केरला प्रहरीले जनाएको छ।  केही दिनयतादेखि भारतमा पनि कोरोना भाइरसका विरामीहरुको संख्या बढ्दै गएपछि यहाँका विभिन्न राज्यले रोकथामका उपायहरु कडा पारेका छन्। यसैअनुरुप केरला प्रहरीले पनि यस्तो प्रावधान ल्याएको बताइएको छ।