News Desk
टाइम म्यागजिनले अमेरिकी गायिका टेलर स्विफ्टलाई ‘पर्सन अफ द इयर २०२३’ घोषणा गरेको छ
म्यागजिनसँग कुरा गर्दै टेलर स्विफ्टले यतिबेला आफूले सबैभन्दा गर्व र खुसी महसुस गरिरहेको बताइन।
टेलर स्विफ्ट अहिले आफ्नो इराज टुरका कारण चर्चामा छिन। यो भ्रमणले अहिलेसम्मका सबै कीर्तिमान तोडेको छ।
स्विफ्टले पत्रिकासँग आफ्नो भ्रमणको बारेमा पनि कुरा गरिन। १८० मिनेटको सांगीतिक कन्सर्टका कारण आफूलाई भ्रमणका क्रममा प्रायः थकान महसुस हुने गरेको उनले बताइन।