News Desk
इजरायली मन्त्रीका छोरा गाजा युद्धमा मारिएका छन। इजरायली सेनाका पूर्व-प्रमुखसमेत रहेका गाडी आइजनकोटका छोरा मेजर गाल आइजनकोट बिहीबार हमाससँगको लडाइँका क्रममा मारिएको इजरायली सेनाले जनाएको छ।
समाचार संस्था अलजजिराका अनुसार आइजनकोट सन २०१५ देखि २०१९ सम्म इजरायली सेनाका प्रमुख थिए।
हालका प्रधानमन्त्री नेतान्याहु नेतृत्वका उनी वर्तमान मन्त्रीसमेत रहेका छन। नेतान्याहुले गाडी आइसेनकोटप्रति समवेदना पनि व्यक्त गरेका छन।
“इजरायल सरकार र इजरायलका नागरिकहरू तपाईंसँगै शोकमा छन। हामी विजय नभएसम्म लडाइँ जारी राख्नेछौं, ँनेतान्याहुले सामाजिक सञ्जाल एक्समा लेखेका छन।
गाजामा अक्टोबर ७ देखि हालसम्म ८८ आइडीएफ सैनिक मारिएको बताइएको छ।