प्रागस्थित चार्ल्स  विश्वविद्यालयमा गोली प्रहार गरी १० जनाको हत्या
News Desk
Dec-22 , 2023 तारिख 07:41 बिहान

चेक गणतन्त्रको प्रागस्थित चार्ल्स विश्वविद्यालयमा गोली प्रहार गरी १० जनाको हत्या गरिएको छ। एक बन्दुकधारीले गोली प्रहार गरी १४ जनाको हत्या गरेको सञ्चारमाध्यमले जनाएका छन्।

घटनामा २० जना घाइते भएका छन्। २४ वर्षीय ती बन्दुकधारीले विश्वविद्यालयमा अन्धाधुन्द गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ। तर यसको पुष्टि हुन बाँकी छ।

राष्ट्रपति पेटर पावेलले प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट स्तब्ध भएको बताएका छन्। बिहीबार पेरिसको दुईदिने भ्रमणमा रहेका पावेलले गोलीकाण्डमा मारिएकाका परिवारप्रति गहिरो दुःख र गहिरो समवेदना प्रकट गरेका छन्।

धेरै पढिएको