इरानमा बुधबार दुई वटा विस्फोट हुँदा कम्तीमा १०३ जना मारिए
News Desk
Jan-04 , 2024 तारिख 06:57 बिहान

इरानमा बुधबार दुई वटा विस्फोट हुँदा कम्तीमा १०३ जना मारिएका छन्। हत्या गरिएका जनरल कासिम सुलेमानीको स्मृतिमा आयोजित सभामा विस्फोट भएको हो।

सुलेमानीको चौथो स्मृतिमा आयोजित कार्यक्रममा भएको बम विस्फोटमा अन्य १४१ जना घाइते भएको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

पहिलो विस्फोट सुलेमानीको चिहानबाट ७०० मिटर पर भएको थियो। दोस्रो विस्फोट १ किलोमिटर टाढा भएको थियोआक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन। 

चार वर्षअघि बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार अमेरिकी हवाइ आक्रमणमा सुलेमानी मारिएका थिए ।

धेरै पढिएको