पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बारुदी सुरूङ विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु
News Desk
Jan-05 , 2024 तारिख 06:38 बिहान

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बिहीबार बारुदी सुरूङ विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ।

अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तस्थित वजिरिस्तानको मिर अली क्षेत्रमा बिछ्याइएको बारुदी सुरूङमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

मृतक बालबालिका जिल्लाको खजोरी क्षेत्र नजिकैको खेतमा गाईवस्तु चरारहेका वला विस्फोट भएको हो। बालबालिका पाँचदेखि १५ वर्षसम्म उमेरका थिए।

घटनाको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन।

धेरै पढिएको