कु ’ को प्रयास गरेको आरोप लागेका ३८ जनालाई टर्की प्रहरीले गर्यो पक्राउ
News Desk
Jan-15 , 2024 तारिख 01:30 बेलुका

सन २०१६ मा ‘कू’ को प्रयास गरेको आरोपमा टर्की प्रहरीले ३८ जनालाई पक्राउ गरेको छ। आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार उनीहरू गुलेन आन्दोलनसँग जोडिएका थिए। 

गुलेन आन्दोलन मुस्लिम धर्मगुरु फेथुल्लाह गुलेनको नेतृत्वमा र नामकरण गरिएको हो, जसलाई उनका अनुयायीले आध्यात्मिक नेताको रूपमा मान्छन। अंकाराले अमेरिकामा रहेका फेथुल्लाह गुलेनले कम्तीमा २५० जनाको ज्यान जाने गरी भएको कू प्रयासको मुख्य योजनाकार रहेको आरोप लगाएको छ। 

 

टर्की सरकारले विद्रोहको प्रयासपछि सञ्जालसँग जोडिएका संदिग्धहरूमाथि कारबाही शुरु गरेको

छ।