छत्तीसगढमा कोइलाखानीमा पुरिएर ३ जनाको मृत्यु
News Desk
Feb-24 , 2024 तारिख 10:16 बिहान

भारतीय राज्य छत्तीसगढमा कोइलाखानीमा पुरिएर ३ जनाको मृत्यु भएको छ।छत्तीसगढको कोरबा जिल्लामा रहेको एशियाकै सबैभन्दा ठूलो कोइलाखानी कोल इन्डियाको माटोमा पुरिएर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन। घटनामा २ जना सिकिस्त घाइते भएका छन। 

अवैध रूपमा कोइला उत्खनन गर्न बाम्हनी कोना गाउँका २ जना नाबालिगसहित ५ जनाको समूह पुगेको थियो। 

कोइला निकाल्ने क्रममा विस्फोट हुँदा माटोको ढिस्कोमा पाँचैजना पुरिएकोमा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। बाँकी ३ जनाको प्रहरीको सहयोगमा उद्धार गरिए पनि उपचारका क्रममा एकजनाको ज्यान गएको हो।

खानीका कतिपय ठाउँमा सुरक्षा व्यवस्था फितलो हुँदा अवैध रूपमा कोइला निकाल्न अनेकौँ मानिस खानीभित्र पस्ने गरेका छन।