मोरक्कोको तटमा आप्रवासी चढेको डुङ्गा पल्टिँदा आठजनाको मृत्यु
News Desk
Feb-29 , 2024 तारिख 07:33 बिहान

मोरक्कोको तटमा आप्रवासी चढेको डुङ्गा पल्टिँदा आठजनाको मृत्यु भएको छ।

मोरक्कोको भूमध्यसागरीय तटमा डुंगा चढेर स्पेन जाने प्रयास गर्दा आठ आप्रवासीको डुबेर मृत्यु भएको उत्तरपूर्वी प्रान्त नादोरका स्थानीय अधिकारीले बुधबार बताएका छन।

उनीहरू मंगलबार साँझ बेनी चिकर शहरबाट जिब्राल्टरको स्ट्रेट पार गर्न डुङ्गा चढेका थिए। दुर्घटनामा परेका ९ आप्रवासीलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ।

बेपत्ताको खोजी जारी रहेको जनाइएको छ।

 

 

धेरै पढिएको