इजरायली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गयो
News Desk
Mar-01 , 2024 तारिख 07:40 बिहान

गाजा शहरको पश्चिम क्षेत्रमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमण गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको छ।

इजरायली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गएको र २५० जना घाइते भएको मेडिकल स्रोतले सिन्ह्वालाई बताएको छ।

मृतक र घाइतेहरूलाई अल-शिफा अस्पतालमा लगिएको छ। तर अस्पतालमा चिकित्सक र चिकित्सा उपकरणको अभाव रहेको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल-राशिद स्ट्रिटमा नागरिकको भेलालाई आक्रमणको निशाना बनाएको थियो।

धेरै पढिएको