इजरायलसँग तत्काल युद्धविराम स्वीकार गर्न हमासलाई अमेरिकी विदेशमन्त्रीको आह्वान
News Desk
Mar-06 , 2024 तारिख 06:36 बिहान

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलसँग तत्काल युद्धविराम स्वीकार गर्न हमासलाई आह्वान गरेका छन। हमास लडाकुहरूले कायरोमा कतारी र इजिप्टका मध्यस्थकर्तासँग भेट गरेको सन्दर्भमा अमेरिकी विदेशमन्त्रीको यो धारणा सार्वजिनक भएको हो।

वाशिङ्टनमा कतारका प्रधानमन्त्रीसँगको भेटमा अमेरिकी विदेशमन्त्रीले द्वन्द्वको स्थायी समाधानका निम्ति हमास लडाकुहरूले निश्चित शर्तसहित अगाडि बढ्नुपर्ने धारणा पनि सार्वजनिक गरेका छन।

‘हामीसँग तत्काल युद्धविरामको अवसर छ जसले बन्धकहरूलाई घर ल्याउन सक्छ, प्यालेस्टिनीलाई मानवीय सहायताको मात्रामा व्यापक वृद्धि गर्न सक्छ’, उनले भनेका छन।  

धेरै पढिएको